श्रावण ११ गते २०७८

माओबादी केन्द्र गण्डकीद्धारा आफ्ना मन्त्रीहरुलाई र्निदेशन : जनताको हितमा काम गर्नू

पोखरा, नेकपा माओबादी (केन्द्र) गण्डकी प्रदेशले गण्डकी प्रदेश सरकारमा सहभागि भएका आफ्ना ४ जना मन्त्रीहरुलाई सामुहिक रुपमा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । प्रदेश पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पार्टी अध्यक्ष हितराज पाण्डे(उत्तम) ले राजनितिक उपलब्धी हासिल गरिएकोमा मन्त्री सहित सबै प्रदेशबासीलाई बधाई दिनुभयो । प्रतिगमनको आन्दोलनमा सशिाल झै उभिएका पार्टी नेता, कार्यकता तथा आम जनसमुदायका कारण केपि ओलीको अराजकताको अन्त्य भएको उहाँको भनाई थियो । सो अबसरमा पार्टी प्रदेश कमिटी अध्यक्ष पाण्डले जनताका माग, आन्दोलनको उपलब्धी, पिछडीएको बर्ग, समुदाय र क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्रीहरुलाई र्निदेशन दिनुभयो । पार्टीको उद्धेश्य, कार्यदिशा र सिद्धान्तलाई दिमागमा राखेर आधारभुत समुदायको हितमा केन्दीत हुने उहाँले नवनियक्त मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।
नेकपा माओबादी (केन्द्र)को तर्फबाट गण्डकी प्रदेश सरकारमा अर्थ मन्त्री रामजी बराल ,स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ ,भूमि वयवस्था कृषि सहकारी तथा गरीवी निवारण मन्त्री चन्द्र बहादुर बुढा र वन वातावरण तथा भूसंरक्षण मन्त्री दिपक मगर रहेका छन ।