श्रावण १२ गते २०७८

कान्तिपुर डेन्टलमा आधुनिक प्रविधिको ओपिजि सेवा संचालनमा

पुष्प दाहाल,पोखरा

कान्तिपुर इन्सिचियुट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेन्टल हस्पिटलले आधुनिक प्रविधिको एक्सरे अर्थौप्यान्टोमोग्राम र सेफालोग्राम (OPG & CEPH) संञ्चालनमा ल्याएको छ । । अस्पतालमा सेवाग्राहीलाई थप सेवा सुविधा प्रदान गर्नको लागी नयाँ प्रबिधि भित्रयाइएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेन्टल हस्पिटल विगत २१ बर्षदेखी गण्डकी प्रदेशको एकमात्र दन्त अस्पतालको रुपमा पोखराको न्युरोडमा संञ्चालन हुदै आइरहेको छ । यस अस्पतालले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त्त अस्पतालले २०६२ सालबाट डेन्टल हाइजिन जस्तो मुख तथा दन्त स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षा पनि प्रदान गर्दै आइरहेको छ भने विगत २ वर्षदेखी डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्नोलोजी तथा डाइग्नोष्टिक रेडियोग्राफी जस्तो प्राविधिक शिक्षा पनि दिदै आइरहेको छ यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट नतिजा पनि हाँसिल गर्दै आइरहेको छ । हाल आएर यस अस्पतालले आधुनिक प्रविधिको एक्सरे मेसिन अर्थौप्यान्टोमोग्राम र सेफालोग्राम (OPG & CEPH) संञ्चालनमा ल्याएको छ । उक्त प्रविधिबाट दाँत र मुखसँग सम्बन्धित समस्याहरु जस्तै नमिलेको दाँत मिलाउने (Orthodontic) दाँतको जरैदेखीको उपचार (RCT) गिंजा सम्बन्धि सम्पुर्ण रोगहरु र अन्य समस्याहरुको पहिचान गरी सजिलै उपचार गर्न सकिने यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रतिकमान श्रेष्ठले जानकारी दिनुभयो । कोभिड १९ को विषम परिस्थितिमा पनि कान्तिपुर दन्त अस्पतालले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवामा निरन्तरता दिदै आइरहेको छ । स्वास्थ्य सम्बन्धि प्राबिधिक बिषय पढेर बिद्यार्थीहरुले भविष्यमा आफुलाई देशको एउटा दक्ष जनशक्तिको रुपमा खडा गर्दै आत्मनिर्भर बन्न सक्ने दन्त अस्पतालका प्रशासकिय प्रमुख (CAO)   सीता श्रेष्ठले बताउनुभयो । आफ्ना सेवाग्राही बाहेक अन्य अस्पतालबाट रिफर भएका सेवाग्राहीहरुलाई पनि अस्पतालले उच्चस्तरको सेवा प्रदान गरिरहेको छ । कोरोना संक्रमितको दर फेरी बढ्दै गइरहेको अवस्थामा अस्पतालले स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड पुरा गरेर सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय हाम्रो मूलुकमा व्यावहारिक शिक्षाको आवश्यकता र महत्वको विषयमा बहस तिब्र हुदै गइरहेको अवस्थामा प्राविधिक तथा व्यावहारिक शिक्षाले ब्यक्ति तथा समाजको स्तरोन्नती गर्न सफल भएको देखिन्छ ।