श्रावण १२ गते २०७८
दक्ष जनशक्तिको अभाव छ : मन्त्री अधिकारी
पोखरा, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको बताउनु भएको छ ।
स्वास्थ्य तालिम केन्द्र्र , पोखराको अनुगमन तथा निरिक्षणका क्रममा उहाँले जनशक्ति भएर पनि दक्ष जनशक्ति भएन भने कार्यसम्पादनमा गुणस्तरीयता बिस्तार गर्न समस्या हुने उहाँको भनाई थियो ।
अहिले प्राय अस्पतालहरुमा दक्ष जनशक्तिको अभाव रहेको भन्दै मन्त्री अधिकारीले भौतिक संरचनाको बिकास संगै दक्षता अभिबृद्धिलाई ध्यान दिन आग्रह गर्नु भयो । बिकासका लागि सोचमा एकरुपता आबस्यक रहेको पनि उहाँले सो अबसरमा स्पष्ट पार्नु भयो । म र मेरोे हैन, हामि र हाम्रो भन्ने भावका साथ काम गर्न उहाँले कर्मचारीहरुलाई आग्रह पनि गर्नु भयो ।
कार्यक्रममा निमित्त तालिम र्निदेशक रमेश अधिकारीले पछिल्लो कोरोना भाईरसका कारण तालिम सञ्चालनमा समस्या भएको बताउनु भयो ।
गएको आर्थिक बर्षमा २२ वटा मात्र तालिम सञ्चालन गर्न सकिएको उहाँले जानकारी दिनु भयो । अव तालिम प्रदायक निकायहरुले भरचुअल बिधिबाट तालिम दिने संरचनाको बिकास गर्न आबस्यक रहेको अधिकारीकोे भनाई थियो ।
२०३४ सालमा स्थापना भएको प्रदेश स्वास्थ्य तालिम केन्द्र २० रोपनी क्षेत्रफलमा अबस्थित छ । तालिम केन्द्रले हालसम्म स्थानिय तह, प्रदेश तथा संघ अन्र्तगतका तालिमहरु सञ्चालन गर्दे आएको छ ।