श्रावण १२ गते २०७८

पुर्ण कोरोना खोप जिल्ला बन्दै मनाङ्ग

पोखरा, मनाङ्ग जिल्ला पुर्ण कोरोना खोप जिल्ला हुने भएको छ । मनाङ्ग बाट गण्डकी प्रदेशका जिल्ला पुर्ण खोप जिल्ला सुरु हुने भएको हो । गण्डकी प्रदेशले मनाङ्गलाई आबस्यक पर्ने १६ सय खोप हेलिकप्टर मार्फत मनाङ्ग पुगेपछि मनाङ्ग पुर्ण कोरोना खोप जिल्ला हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मंगलबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग ले मनाङ्ग लाई खोप हस्तान्तरण गर्नु भएको छ । बुधबारबाट मनाङ्गमा खोप लगाउन सुरु हुनेछ । उमेर पुगेका सबै नागरीकहरुले खोप पाउने भएको हो । भौगोलिक अबस्थाका कारण हामि नेपाली नामक सस्थाले हेलिकप्टर सहयोग गरेको हो ।