काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निष्कासनमा परेका नेता टोपबहादुर रायमाझी आफूले पार्टी नछाडेको भन्दै सांसद पदमा पुनर्बहाली माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
२०७७ पुसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा सहभागी भएका रायमाझीलाई नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।
तर सांसद पद गुमाएको करिब तीन महिनापछि सर्वोच्च अदालत पुगेका उनले आफूले नेकपा माओवादी केन्द्र नछाडेको जिकिर गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि रायमाझीसहितका नेताहरुले आफूहरु माओवादीमा नफर्कने बताएका थिए । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीतसमेत गरेका थिए ।
तर नेता रायमाझीले आफू एमालेको केन्द्रीय कार्यसमितिमा नरहेको बताए । उनले आफूले दल परिवर्तन नगरेको जिकिर गर्दै माओवादी केन्द्रले झुटो आरोप लगाएर कारबाही गरेको दावी गरेका छन् ।
उनले आफूलाई सफाइको मौका नदिई कारबाही गरिएको भन्दै सांसद पदमा पुनर्बहाली र पार्टी सदस्य कायम राख्न माग गरेका छन् ।
‘सफाइको मौका नदिई गरेका कारवाही र निर्णय बदर हुने भनी सर्वोच्च अदालतले विभिन्न नजिर प्रतिपादन गरेको छ । यसकारण स्पष्टिकरण नमागी गरिएको कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पद पनर्बहाली गरि पाउँ’ उनले भनेका छन् ।
नेता रायमाझीसँगै माओवादीबाट निष्कासनमा परेका नेताहरु प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले पनि आफूहरुको सांसद पद पुनर्वहाली माग गर्दै रिट दिएका छन् ।
पोखरा, एक पछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी पनि सुरु गरेको छ ।मन्त्रालयले स्वास्थ्य...
Read More
अभियन्ता प्रा.डा गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको बर्खास्त गर्न माग गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले बरबादीतिर प्रतिष्ठानलाई धकेलिरहेको भन्दै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकको...
Read More
माध्यामिक शिक्षा परीक्षा एसईई २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका...
Read More
बैशाख ५, काठमान्डौ । कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनको असर परेको भन्दै मजदुरहरु हिडेर गन्तब्यमा जान थालेको दृष्यहरु प्रति सामाजिक सञ्जालमा ब्यापक बिरोध भयो । बिषेश गरि...
Read More