श्रावण १४ गते २०७८

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन विहीबार दिउँसो २ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक बस्न लागेको  हो ।

भदौ १६-१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।

क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिका ल्याइने सहमहामन्त्री प्रकाशशरण महतले बताए । तर उनले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी निर्णयमा पुग्ने बताए ।

निर्वाचन समितिले निर्धारित मितिमा  महाधिवेशन गराउन नसकिने बताएपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मान्न तयार छैनन् । उनीहरु दुबै जनाले निर्धारित मितिमै महाधिवेशन हुने पर्ने गरिने बताउँदै आएका छन् ।