श्रावण २२ गते २०७८
इष्टर्न एजेन्सिज दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा
भारतको मल्टिनेसनल अटोमेटिभ कम्पनी आइसर मोटर्सले नेपालस्थित स्थानीय साझेदार इष्टर्न एजेन्सिजलाई दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा गरेको छ । इष्टर्न एजेन्सिज बतास अर्गनाइजेसनअन्तर्गतको भगिनी संस्था हो । यसले नेपालमा आइसर ब्रान्डका कमर्सियल भेहिकल बिक्री गर्दै आइरहेको छ । आइसर मोटर्सले सन् २०२०/२१ को बेष्ट डिलर अवार्ड इष्टर्न एजेन्सिज नेपाललाई प्रदान गरेको हो ।
बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर मोटर्सद्वारा प्रदान गरिएको बेष्ट डिलर अवार्ड हालै आयोजित एक कार्यक्रममा ग्रहण गरेका हुन् । अवार्ड ग्रहणपछि अध्यक्ष बतासले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा आइसरको बजारीकरण तथा प्रवर्द्धनमा अथक परिश्रम गरेका कारण अवार्ड पाउन सफल भएको बताए ।
अध्यक्ष बतासले नेपालको भौगोलिक अवस्था र कमजोर पूर्वाधारका कारण शक्तिशाली भेहिकलको आवश्यकता आइसरले पूरा गरेको बताए । इष्टर्न एजेन्सिजको बृहत बिक्री सञ्जाल, बिक्रीपछिको सेवा, वित्तीय तथा प्राविधिक सहयोग एवं ग्राहकप्रतिको समर्पणका कारण आइसर ब्रान्ड नेपालमा लोकप्रियताको सिँढी चढिरहेको उल्लेख गरे ।