भाद्र ४ गते २०७८

संघीय सरकारको नाममा कारण देखाउ आदेश जारी

प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध दायर गरेको मुद्दाहरूमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाई कार्यालयको हस्तान्तरण सम्बन्ध संघ सरकारविरुद्ध दिएका मुद्दामा संघीय सरकारको नाममा  देखाउ आदेश जारी भएको हो । 

करिव एक बर्ष पछि पालो आएको मुद्दामा अदालतले शुक्रबार संघीय सरकारलाई कारण देखाउ आदेश जारी गरेको प्रदेश २ का मुख्यन्यायधिवत्ता दिपेन्द्र झाले जानकारी दिए ।

प्रदेश सरकारले अधिकार क्षेत्र सम्बन्धी विवादलाई लिएर २०७७ भदौ २० गते, ३० गते र मंसिर १८ गते गरि ३ चरणमा संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो ।