भाद्र १४ गते २०७८

सांसद मिना गुुरुङद्धारा सहयोग हस्तान्त्रण

पुुष्प दाहाल । पोखरा
सांसद मिना गुुरुङले बिपन्न बिरामीको परिवारलाई सहयोग हस्तान्त्रण गर्नुभएको छ । पोखरा महानगरपालीका वडा नंम्वर ४ फिर्केको डिलमा बस्दै गरेको यम साइको परिवार लाई सहयोग गर्नुभएको हो । पचास बर्षिय याम साईको एक मृगौलले काम गर्दैन भने कलेजो सुक्दै जाने समस्या छ र उनका २७ बर्षिय छोरा राजु साही पनि कलेजो सुक्ने समस्या (लिभर सिरोसिस) बाट ग्रस्त भएका छन् । बिरामी भई औषधि उपचार गर्न समस्यामा परेको उक्त परिवार लाई नगद दश हजार पाँच रुपैयाको साथमा चामल, दाल तेल नुन लगायत सहयोग गर्नु भएको हो ।साइको परिवार औषधीको अभावमा छट्पटाई रहेको भन्ने समाचार पोखार टेलिभिजन बाट प्रसारण भए पछि सांसद गुुरुङले सहयोग गर्ने इच्छा जागेको बताउनुु भयो । तत्कालको अवस्था लाई सहयोग पुुग्ने केहि खाद्य सामग्री र नगद हस्तान्त्रण गरे पनि दिर्गकालीन समस्या समाधनाको लागी भने अन्य निकायमा संग परामर्श गर्ने बताउनुभयो । साथै सांसद गुुरुङले आफ्नो यो एक सानो प्रयास मात्र भएको वताउदै यो परिवारको समस्या टार्न अरु सबैले पनि लाग्न पर्ने बताउनुुभयो । त्यस्तै नेकपा एमाले वडा नम्बर- ४ का वडा कमिटी अध्यक्ष शंकर बहादुर कोईरालाले संस्थागत रुपबाटै उक्त परिवारलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सहयोग बुुज्दै पिडित परिवारले यस्ता खालका सहयोग ले जिवन जिउने उर्जा मिलेको प्रतिया जनाउदै सहयोगी मनलाइ आभार ब्यक्त गरे ।