भाद्र १८ गते २०७८

जनयुद्धका घाईतेको निशुल्क उपचार

गण्डकी प्रदेश सरकारले जनयुद्धका घाईते, अपाङ्ग तथा शहिद परिबारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने र्निणय गरेको छ । गण्डकी प्रदेशको मन्त्रीपरिषदको बैठकले उक्त र्निणय गरेको हो । प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले पदभार ग्रहण गर्ने बेला पहीलो र्निणय गर्नुभएको थियो । सरकारले यसअघि निति तथा कार्यक्रममा समाबेश गरी आबस्यक कार्यबिधि बनाएर उक्त र्निणय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार अब गण्डकी प्रदेश भित्र रहको जनयुद्धका घाईते,अपाङ्ग तथा शहिद परिबारले निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन । माओबादी सरकारमा पुगेपनि शहिद बेपत्ता तथा घाइतेलाई बेवास्था गरेको आरोप लाग्ने गरको थियो । राजनितीक परिबर्तनमा ज्यानको आहुती दिने महान शहिद, बेपत्ता तथा आन्दोलनका क्रममा घाईते हुनु भएकाहरुमा थोरै भएपनि यो र्निणयले मलम लगाउने काम गरेको मन्त्री अधिकारीले बताउनु भयो । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्निमाण गर्दे गरेका स्वास्थ्य नितिमा पनि आधारभुत बर्गलाई स्वास्थ्यको पहँुचमा पुर्याउने गरी बिषय समेटीने हदैसम्मको प्रयास गरिएको उहाँको भनाई छ ।