भाद्र २७ गते २०७८

हाम्रो सहयोगीले गर्यो क्युआर कोड सेवा संचालन

पुष्प दाहाल । पोखरा

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी सस्थाले ग्राहाकको सेवालाई मध्यनजर राख्दै क्युआर कोड संचालनमा ल्याएको छ । आइतबार सहकारीका अध्यक्ष शुक्रराज कंडेलले पोखरामलमा संचालीत ब्यल्याक एण्ड ह्वाईट फेन्सी पसलका संचालक राजेन्द्र कार्की लाई पहिलो पटक उक्त कार्ड हस्तान्त्रण गरी सेवा शूरु गरेका छन् । यो भन्दा अगाडी सहयोगी स्मार्ट एप मार्फत मोवाईल बैंकिङ सेवा शूरु गरिसकेको सहकारीले ग्राहक लाई थप सेवा पुर्याउने हेतूले क्युआर कोड संचालनमा ल्याएको सहकारीका अध्यक्ष कंडेलले जानाकारी दिए । पोखरा क्षेत्रका केहि सिमित सहकारीहरुले मात्र प्रयोग गरेको उक्त सेवा हाम्रो सहयोगी बचत तथा ऋण सहकारी सस्थाले संचालनमा ल्याएको हो । यो सेवा प्रयोगमा आईसके पछी ग्राहकलाई कारोवार गर्न थप सहज हुने सहकारीका ब्यवस्थापक जिवन अधिकारीले जानाकारी दिए । बिगत ११ वर्ष देखी पोखरा क्षेत्रलाई मुख्य केन्द्र बनाउदै आफ्नो कारोवार गर्दै आईरहको उक्त सहकारी संस्थामा हाल ९७४ सेयर सदश्य रहेका छन् । आगामी दिन मा एटिएमको ब्यवस्था सहीत शाखा बिस्तार लगाएत कृषि क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको सहकारी बिभिन्न सामाजिक कृयाकलापमा पनि सामेल हुदै आएको छ ।