असाेज ३ गते २०७८

ट्रेड युनियन आन्दोलनलाई अर्थवादी भाषमा फसाउने

ट्रेड युनियन आन्दोलनलाई अर्थवादी भाषमा फसाउने, संगठनमा प्राप्त गरेको पदलाई मालदार भनिएका अड्डामा पदस्थापना मिलाउने र संगठनको विधि पद्दती आचरण बिरुद्दको गतिविधिमा संलग्न रहेको पाइएकाले विगतमा कारवाही गरिसकिएका केहि थान मनुवाहरुले म नेराकसको फलानो पदको व्यक्ति हुँ भन्दै आज एक अर्थवादी चिन्तन भएको यथास्थितीवादी एवं प्रतिगमनको मतियार संगठन नेपाल निजामती संगठनमा प्रवेश गरेछन । यो एउटा भगौडापना, पदलोलुपता, संगठन र आम कार्यकर्ता पङती प्रतिको वेईमानीको पराकाष्ठा सिवाय केही होईन । हाम्रा साथिहरु जुन संगठनमा प्रवेश गर्नु भयो त्यही संगठन स्थापना र संचालनमा लामो समयदेखि रगत पसिना बगाएका कर्मशिल साथिहरु नै त्यो संगठनको नेतृत्व र यसको कार्यशैलीलाई प्रतिगमनकारी, अराजक गुटवादी चिन्तनमा फसेको झुण्ड भन्दै विद्रोहको शंखघोष गर्नु भएकोछ । नेपालको ट्रेड युनियन आन्दोलनलाई अग्रगमनमा लैजाने र सम्पुर्ण पेशाकर्मीको हक हित संरक्षण गर्नु पर्ने यस संघर्षपुर्ण घडिमा संघर्षको मैदानवाट पुच्छर लुकाएर प्रतिगमनको मतियार संगठनमा प्रवेश गर्ने हाम्रो संगठनका भनिएका केही व्यक्तिहरु यस अघि नै कारवाहीमा परी संगठनवाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएका, केही विभिन्न फौज्दारी अभियोगमा परि सेवा तथा संगठनवाट निलम्वनमा रहेका, केहि सेवा निवृत भईसकेका र केही पदलोलुप आत्माकेन्द्रित चरम निम्न पुजीवादी व्यक्तिवादी चिन्तन भएका मानिसहरु भेला पारी भ्रम सृजना गर्न खोजिएको तथ्य समेत सरोकारवाला सम्पुर्ण संगठक शुभचिन्तकहरुमा जानकारी गराउदछौ । एकढंगले भन्ने हो भने वढार्नुु पर्ने कसिङगर हावाले उडाए जस्तो भएको स्थिति समेत हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्मचारीहरुको पेशागत हक हित प्रति प्रतिवद्द पेशागत आन्दोलनको पर्यावाची नाम समेत भएको हुदा यस्ता वजारु हल्लाहरुवाट अविचलित भई पेशागत अधिकार र सेवा सुविधाका सवालमा सशक्त आवाज वुलन्द गर्दै संगठन निर्माणमा दत्तचित्त भएर लाग्न हुन सम्पुर्ण संगठन पङ्तीमा हार्दिक अनुरोध समेत गर्दछौ ।