असाेज ५ गते २०७८

मुद्धा बिचाराधिन अबस्थामै ब्याक्ति पक्राउ !

पोखरा, असोज ५।
जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्धा प्रभावित हुने गरी ब्याक्ति पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं १७ का दिपक आचार्यलाई प्रहरी अभद्र ब्यबहार मुद्धामा नियन्त्रणमा लिएको हो ।
दिपक आचार्य र कृष्ण प्रसाद अर्याल बिच जग्गाको बिबाद रहदै आएको छ । उक्त बिबाद प्रसासन,वडा कार्यालयले समाधान गर्न नसकेपछि अर्यालले अदालतमा मुद्धा दायर गरेका थिए । मुद्धामा बिपक्षी बनाइएको दिपक आचार्यलाई अदालतबाट कारण देखाऊ आदेश जारी गरीसकेको छ । आचार्यले मुद्धाको म्याद बुझेको भोलिपल्ट अर्यालले दिकप आचार्य बिरुद्ध अर्को मुद्धा दायर गरेका हुन । अचार्यलाई लगाएको अभद्र ब्यबहार संबन्धी मुद्धा कतै बाट पनि पुष्टी नहुने आचार्यले बताएका छन । उनले प्रहरीले आफुलाई छलफलको लागि भनेर बोलाई नियन्त्रणमा लिएको र मुद्धामा भनिए जस्तो कोही कसै संग पनि अभद्र ब्यबहार नभएको बताए । अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्धा प्रभाबित बनाउनको लागि अर्को मुद्धा दायर गरीएको र आफुमाथि अन्याय भएको आचार्यले बताएका छन । उनले एउटा बिषयको मुद्धा चलिरहेको अबस्थामा सोही घटना संग संबन्धीत रहेर अर्को मुद्धा दायर गरि पहिलो अदालतलाई प्रभावित बनाउन खोज्नु न्याय सिद्धान्तको बर्खिलाप भएकोले आफु न्यायका लागि आमरण अनसन बस्ने आचार्यले बताए ।
आचार्य बिरुद्ध मुद्धा दायर गरेका कृष्ण अर्यालले भने अदालतको आदेश आफ्नो पक्षमा भएको बताए । आचार्यको कुनै संबन्ध उक्त जग्गामा नभएपनि अबरोध गर्न आएकाले आफुले मुदा हालेको अर्यालको भनाई छ । आचार्यको पक्राउ प्रति नेपाल पत्रकार महासंघका प्रतिनिधीहरुले चासो राखेका थिए । जिल्ला प्रसासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी समक्ष महासघका प्रतिनिधी तथा पत्रकारहरुले आचार्यले भनेजसरी झुटा मुद्धा नलगाउन र अदालतमा बिचाराधिन मुद्धालाई प्रभावित पार्ने हर्कत नगर्न प्रसासनलाई आग्रह गरेको थियो । आचार्य सञ्चारक्षेत्रमा आबद्ध छन ।