असाेज ९ गते २०७८

एकता सहकारीमा पत्रकार सिग्देल सम्मानित

पुष्प दाहाल/ पोखरा

एकता बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारणसभा सम्पन्न भएको छ । गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी र गरिबी निवारण मत्री चन्द्र बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दैैै मन्त्री मगरले कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उकास्न प्रदेश सरकारले बिभन्न योजनाहरु ल्याउन लागेको बताए । उक्त कार्यक्रमा सहकारीले बिभिन्न ब्यक्तीलाई सम्मान समेत गरेको छ । बार्षिक रुपमा बिभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै आइरहेको सहकारीले यस बर्ष पनि निरन्तरता दिएको हो । यो बर्ष एकता पत्रकारीता पुरस्कार बाट नेपाल पत्रकार महासंघ कास्की शाखाका सह सचिव तथा फेवा पोष्ट साप्ताहिकका सह सम्पादक पत्रकार श्रीराम सिग्देल सम्मानित भएका छन् । त्यसैगरी एकता कलाकारिता पुरस्कार बाट लोक दोहोरी गायक तारापति सुबेदी पुुरस्कृत भएका छन् भने जेष्ठ शेयर सदश्य बाट पुर्णबहादर थापा र टेककुमारी खड्का सम्मानित भएका छन् । त्यसैगरी असल ऋणितर्फ देबिमाया थापा,कर्मचारी तर्फ लक्ष्मी श्रेष्ठ र मनिसा पौडेल लाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष बालासिह काउछाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्क्ष नवराज सुबदीले स्वागत मन्तब्य राखेका थिए । भने सस्थाका सचिब सुर्दशन पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।