असाेज १६ गते २०७८

जन्मथलोमा स्वास्थ्यमन्त्री अधिकारीको भब्य स्वागत

दुधपोखरी,गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी लाई उहाँकै जन्मथलोमा नागरीक सम्मान गरिएको छ । लमजुङको दुधपोखरी गाऊपालिका वडा नं २ मा जन्मीएको अधिकारीलाई उहाँकै जन्मथलोका नागरीक,स्थानिय जनप्रतिनिधी तथा स्थानियहरुले अभिनन्दन गरेका हुन । लमजुङ जिल्लाको उत्तरी भेगमा रहेको दुधपोखरी गाऊपालिका दुर्गम क्षेत्रमा पर्दछ । अहिले पनि पालिकाका धेरै वडाहरु सडक सञ्जालले जोडिएका छैनन् । दुधपोखरीले प्रदेश सरकारको स्वास्थ्य मन्त्री पाएकोमा पालिका वासी हर्सित भएको दुधपोखरी गाऊपालिका अध्यक्ष छुपिमाया गुरुङले बताईन । पालिकाको बिकासका लागि उहाँको उपस्थिती प्रदेश सरकारमा हुनु ठुलो कुरा रहेको त्यहाँका स्थानियहरुको भनाई छ । दुर्गम क्षेत्र भएकाले राजनितिमा मन्त्री स्तरमा त्यसमा पनि जनयुद्ध लडेर आएकी एउटा महिला नेत्रृलाई अबसर दिएकोमा उनिहरुले माओबादी पार्टीलाई पनि धन्यबाद दिएका थिए ।
सो सो क्रममा मन्त्री अधिकारीलाई उनिहरुले पालिका र आफ्नो क्षेत्रमा आबस्यक रहेको बिकासका योजनाहरु पनि सुनाएका थिए । मन्त्री अधिकारीले अहिलेको अबस्था एउटा फरक हिसावले र्सिजना भएको र आफहरुले लडेर ल्याएको उपलब्धीकोे रक्षाका लागि यो मोर्चामा उभिन परेको बताउनु भयो । पालिकाको बिकासका लागि आफु सधै सजग र चनाखो हुने र आफ्नो ध्यान दुरदराजमा नै पुग्ने भएकाले सकेको पहल गर्ने प्रतिबद्धता उहाँले सो अबसरमा ब्यक्त गर्नु भयो । मन्त्री अधिकारी दुधपोखरी गाउलपालिका वडा नं २ मा जन्मनु भएको हो ।