असाेज १७ गते २०७८

बिशाल नगर आमा समुहको पाँचौ बार्षिक साधारण सभा

पोखरा महानगरपालीका वडा नम्वर १४ बिशाल नगरमा रहेको बिसाल नगर आमा समुहको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साभारण सभाको अवसरमा नेपालीहरुका चाड पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान पनि गरीएको छ । पोखरा महानगरपालीका कार्यपालीका सदश्य यसोधा भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सभाले बिशाल नगरमा निर्माणाधिन शिव मन्दिर लाई ३ लाख ३ हजार ३ सय ३३ रुपैंया सहयोग गर्ने निर्णय पनि गरेको छ । साधारण सभामा अध्यक्ष, कोषाध्यक्ष र सचिवको प्रतिबेदन सभाले पारित गरेको थियो । उक्त कार्यक्रमा बिशाल नगर टोल बिकाश संस्थाका अध्यक्ष तिलक तिवारी, आमा समहको संस्थापक अध्यक्ष दर्गा अधिकारी, निवर्तमान अध्यक्ष सज ढकालले मन्तब्य राखेका थिए । आमा समुहका अध्यक्ष शान्ता ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थका सचिव प्रतिमा गीरीले गर्नुभएको थियो ।