असाेज २२ गते २०७८

हाम्रो सहयोगीमा शुुभकामना आदान प्रदान

पुष्प दाहाल , पोखरा
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले चाडपर्वको उपलक्ष्यमा शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित एक समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुु अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिगतका बर्षहरुमा सबै सेयर सदश्यको उपस्थितीमा कार्यक्रम हुने गरेता पनि यो समय कोभिडका कारण सानो संख्यामा कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष शुक्रराज कडेलले जानाकारी गराए । कार्यक्रममा सहकारी बिभाग कास्कीका अध्यक्ष साबित्रा कोईराला पोखरा महानगर पालीका कार्यपालीका सदश्य राधिका योगी साही लगायतको उपस्थिती रहेको कार्यक्रमका सहकारीका उपाध्यक्ष सुवास ढुगाांनाले स्वागत गरेका थिए भने सल्लाहाकार नबिन किरण भुषाल साथै निवर्तमान अध्यक्ष शिव प्रसाद सापकोटाले मन्तब्य राखेका थिए भने सचिब लोकेन्द्र राईले कार्यक्रम संचालन गरेका थिए । बिगत ११ बर्ष देखी पोखरा क्षेत्रलाई मुख्य केन्द्र बनाउदै आफ्नो कारोवार गर्दै आईरहेको सहकारी संस्थामा हाल ९७४ सेयर सदश्य रहेका छन । साथै सहकारीले आगामी दिनहरुमा एटिएम ब्यवस्था सहित शाखा बिस्तार लगाएत कृषि क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको अध्यक्ष कडेलले जानाकारी दिए ।