कार्तिक ८ गते २०७८

भिटिज भिसा, मिसन अर्को

पोखरा, नेपालका मुख्य पर्यटकिय क्षेत्र पोखरा, पोखरा र आसपासका पर्यटकिय गन्तब्यहरुमा बिदेशीहरुको आगमन सामान्य कुरा हो । पर्यटनको राजधानि मानिने पोखरामा पर्यटकका रुपमा आउने मानिसहरु हुनु पनि स्वभाविक हो । तर नेपालमा पर्यटक भिसामा आएर अन्य गतिबिधीमा संलग्न हुनेहरु ठुलो संख्यामा रहेकोे जानकारहरु बताउछन । त्यसो त नेपाल आउन सबै देशका नागरिकहरुलाई सहज छ ।

भिजिट भिसामा नेपाल आउन बिस्वका सबै देशका नागरीकका लागि सहज भएकाले नेपालमा भिजिट भिसामा आउनेको संख्या बढी छ । तर भिजिट भिसामा आएका अन्य देशका नागरीकहरुले अरु क्षेत्रमा काम गर्न पाईदैन । अध्यागमन बिभागका अनुसार कुने पनि देशमा जानु अघि मानिसले उद्धेश्य किटान गरेको हुन्छ र उसले किटान गरेको उद्धेश्य अनुसार नै चालचलन गर्न पाउछ । तर नेपाल र पोखराका आसपासमा भिजिट भिसामा आएर धार्मिक कार्यक्रम, ब्यापार, तथा अन्य गतिबिधी हुने गरेका छन ।

नेपाल आउने पर्यटकले ६ महिनाको भिजिट भिसा पाउछ र अन्य समय बस्नु परेमा पुनः आबेदन दिन पर्छ । तर पर्यटकका रुपमा नेपाल आउनेहरु केवल घुम्ने मात्र गर्देनन् उनिहरु अन्य कार्यमा पनि संलग्न हुने गरेको स्रोतले बताउछ । मुख्य त उनिहरु ब्यापार तथा धार्मिक मिसनमा नेपाले आउने गरेका छन । तर नेपाल सरकारले बिदेशी नागरीकका लागि भिसाका लागि उचित ब्यबस्थापन तथा निगरानी गर्न सकेको छैन । अध्यागमनले बेला बेला अनुगमन गर्ने गरेको भएपनि कार्वाही गर्न सकेको छैन ।

अध्यागमन संग पर्यटक प्रहरी भएपनि त्यस्ता ब्याक्ति फेला परेमा नियन्त्रणमा लिएर राख्ने थुनुवा कक्ष नहुने, केन्द्रकाले बेलैमा चासो नदिने भएकाले काम गर्न अप्ठेरो रहेको बिभागमा काम गरेका कर्मचारीहरुको भनाई छ । प्रसासनले उद्धेश्य अनुसारका कृयाकपलापमा संलग्न भए नभएको अनुगमन नगर्ने र गरेपपनि प्रभावकारी रुपमा नगर्ने भएकाले यस्तो समस्या आएको स्रोत बताउछ ।