कार्तिक ८ गते २०७८

स्वास्थ्यमन्त्री अधिकारीको मिसन सफलः कास्की भयो पुर्ण कोरोना खोप

पोखरा,
गण्डकी प्रदेशको सबै भन्दा बढी जनसंख्या भएको कास्की जिल्ला पनि पुर्ण कोरोना खोप जिल्ला बनेको छ । कोरोना भाईरसक संक्रमणको महामारीका बेला स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हाल्नु भएकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले सुरु देखि नै कोरोना खोप बितरणलाइ बिषेश महत्व दिनु भएको थियो । गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा १८ बर्ष माथिका सबै नागरीकहरुले खोप पाएका छन । मन्त्रालयले खोप लगाउन छुटेकाहरुलाई नजिककोे खोप केन्द्रमा गएर खोप लगाउन आग्रह पनि गरेको छ । मन्त्रालयले पुर्ण खोप जिल्ला घोषणा भने गरेको छैन । नागरीकहरुले खोप पाएको बिषयमा मन्त्रालयका कर्मचारी, संघिय सरकार तथा गण्डकी प्रदेश सरकारका संबद्ध सबै प्रति मन्त्री अधिकारीले धन्यबाद दिनु भएको छ ।
अब क्रमिक रुपमा सबै जिल्ला पुुर्ण कोरोना खोप जिल्ला हुदै जाने मन्त्री अधिकारीको भनाई छ । यस अघि मनाङ,मुस्ताङ, म्याग्दी लगायतका जिल्ला पुर्ण खोप जिल्ला भैसकेका छन । मनाङ र मुस्ताङमा हेलिकप्टरमा खोप लगिएको थियो । मनाङमा खोप बितरण गर्ने क्रममा खिचिएको एक तस्वीर अन्तराष्ट्रिय स्तरमा भाईरल समेत भएको थियो भने बिस्वस्वास्थ्य संगठनले धन्यबाद दिएको थियो । कास्की जिल्ला संगै लमजुङ,गोरखा,स्याङजा लगायतका जिल्लाहरु पनि केही दिनमै पुर्ण कोरोना खोप जिल्ला हुने बताइएको छ ।