कार्तिक १४ गते २०७८

प्रेस सेन्टर नेपालको पर्वत शाखामा पौडेल

पुष्प दाहाल । पोखरा

देशव्यापी रुपमा आफ्नो संगठनलाइ सुदृढिकरण र गतिशिल बनाउने अभियानमा लागेको प्रेस सेन्टर नेपालले पर्वतमा नयाँ नेतृत्व निर्माण गरेको छ । शनिबार सदरमुकाम कुश्मामा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनले निर्मल पौडेलको अध्यक्षतामा १३ सदस्सिय नयाँ कार्य समिती सर्वसहमत रुपमा निर्बाचित गरेको छ ।

कुश्मा स्थित नेपाल पत्रकार महासंघको सभाहलमा कार्यकम सम्पन्न भएको थियो । नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गुप्त हमाल ठकुरी प्रमुख अतिथी तथा संबिधान सभाका पुर्व सदस्य गुणाखर बस्याल विशिष्ट अथिती रहनु भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य बिभु भुसाल, गण्डकी प्रदेशका सह ईन्चार्ज माधव पनेरु, प्रेस सेन्टर नेपाल गण्डकीका निर्वाचन संयोजक अर्जुन काफ्ले, नेपाल पत्रकार महासंघ गण्डकी का सदस्य सुनिल पाण्डे, नेकपा माओबादी केन्द्र पर्बतका सदस्य तथा पत्रकार फ्याक्सन इन्चार्ज शंकर गिरि लगायतका अतिथिहरु उपस्थीत रहेको थियो । प्रेस सेन्टर नेपालका निबर्तमान सचिव निर्मल भण्डारिले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व राजबाबु बिसि गरेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छबिलाल तिवारी , जिल्ला अध्यक्ष सन्तोष थापा, प्रेस चौतारी नेपालका तर्फबाट गणेश गिरि ,युनियनका रोशन तिवारी लगायतका अन्य अतिथीहरुको पनि कार्यक्रममा उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख र बिशिष्ट अतिथिहरुले जनयुद्ध र जन आन्दोलनले स्थापित गरेका मुद्दा र विधि,पद्दती तथा लोकतन्त्रका सवालमा पत्रकारहरुले खवरदारी गरिरहनु पर्नेमा जोड दिएका थिए । उग्र दक्षिणपन्थ र प्रतिगमनकारिहरु सल्बाउन सक्ने तर्फ इंगित गर्दै बिचार, सिद्धान्त र ब्यबहारमा स्पष्ट हुनसकेमा त्यस्ता प्रबृत्त्ती निमिट्यन्न भएर जानेमा बिश्वास ब्यक्त गरे। पत्रकारका विभिन्न संगठनबाट उपस्थिती जनाएका अन्य वक्ताहरुले ब्यबसायिक पत्रकारिता र पत्रकार हकहित तथा सुरक्षाको ग्यारेन्टिका लागि सबै हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।