कार्तिक २२ गते २०७८

पुर्ण कोरोना खोप बारे स्वास्थ्य कार्यालय लमजुङ्गको नयाँ अपिल

गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरु जस्तै लमजुङ्ग जिल्लाले पनि कोरोनाको खोप पाउने भएको छ । नयाँ तालिका अनुसार अब १८ बर्ष माथिका सबै नागरीकले खोप पाउने भएका छन । यो खोप बितरण संगै अब लमजुङ्ग जिल्ला पनि कोरोनाको पुर्ण खोप जिल्ला हुनेछ । यद्यपि १८ बर्ष मुनिका नावालकहरु भने बाँकी हुनेछन । उनिहरुका लागि आबस्यक खोप बितरण भने हाल सम्म सुरु भएको छैन । गण्डकी प्रदेशमा अन्य प्रदेशको तुलनामा खोप बितरणमा उल्लेख्य मात्रामा काम भएको छ । गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा समेत १८ बर्ष माथिका सबै नागरीकले खोप पाएका छन । छुटेकाहरुका लागि पनि खोप बितरण भैरहेको छ ।

त्यसै गरि सरकारले बिदेश जाने हरुको लागि पनि खोप बितरण गरिरहेको छ । अहिलेसम्म मनाङ्ग,मुस्ताङ्ग, म्याग्दी,कास्की जिल्ला पुर्ण खोप जिल्ला भएका छन भने अन्य जिल्लाहरुमा पनि खोप बितरण भैरहेको छ । सरकारले पुर्ण खोप जिल्लाघोषणा भने गरेको छैन । प्रदेश सरकारका अन्य मन्त्रीहरुको तुलनामा अहिले स्वास्थ्य मन्त्रीको सेवा प्रबाह प्रभावकारी देखिएको आकलन पनि हुन थालेको छ ।