मंसिर २४ गते २०७८

पोखरा टेलिभिजनको अध्यक्षमा काफ्ले

पोखरा,पोखरा टेलिभिजन एण्ड मिडीया प्रा.लिको अध्यक्षमा युवा ब्यबशायी तथा समाजसेवी जनक काफ्ले र्निबाचित हुनु भएको छ ।
पोखरामा रहेको टेलिभिजनको हालै सम्पन्न बिषेश साधारण सभाले उहाँलाई अध्यक्ष चयन गरेको हो । पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको टेलिभिजनलाई समय अनुकुल जनताको चासो र बजारको माग अनुसार परिस्कृत बनाउदै लैजाने गरि नयाँ ब्यबस्थापन आए संगै काफ्लेलाई अध्यक्षमा र्निबाचीत गरेको हो । आजभन्दा ९ बर्ष अगाडी दर्ता भै सञ्चालन भैरहेको एच.डी क्वालीटीको टेलिभिजन हाल केवल नेटवर्क बाट देशभर सञ्चालन भैरहेको छ ।
टेलिभिजनलाई थप जनमैत्री बनाउने,सबै क्षेत्रलाई समेटेर मिडियाको माध्यमबाट जनताका समस्या, सेबा प्रदायक निकायमा निरन्तर चासो र खबरदारी, सुसासन तथा पारदर्शी समाज र्निमाणका लागि टेलिभिजनलाई अब्बल बनाउदै लैजाने अध्यक्ष काफ्लेले बताउनु भयो । सन्तुलित बिषयबस्तु पस्कने, पत्रकारीता जनतामा आधारीत हुनुपर्छ भन्ने मान्यतालाई शिरोपर गर्दे श्रमजिविहरुको उचित ब्यबस्थापन गर्दे अगाडी बढ्ने उत्साहका साथ मिडिया क्षेत्रमा प्रबेश गरेको काफ्लेको भनाई छ । एक सफल ब्यबशायिको रुपमा परिचित काफ्ले बिभिन्न सामाजिक कृयाकलापमा सकृय रहनु भएको छ ।