पौष ४ गते २०७८

गण्डकको सेयर पुंजी पौने ४ करोड, सहकारी चेतनाको आन्दोलन : सांसद भटराई

पोखरा, गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा १७ बिरौटाको आर्थिक वर्ष २०७७,०७८सम्मको सेयर पुंजी ३ करोड ७८ लाख १ हजार पुगेको छ । सहकारीले आगामी आर्थिक वर्षसम्ममा सेयर पुंजी बढाएर ५ करोड पु¥याउने लक्ष्य लिएको अध्यक्ष ध्रुवराज पनेरुले जानकारी दिए । सहकारीको आइतबार भएको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष पनेरुले सहकारीको अहिलेसम्मको कुल निक्षप १ करोड ४२ लाख ६२ हजार ९ सय ९३पुगेको जानकारी दिए । सहकारीले यस आर्थिक वर्षको अन्त्य सम्ममा ३ करोड ६० लाख निक्षेप संकलन गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७÷०७८मा ४ करोड ८१ लाख,९१ हजार ३सय ६१ कर्जा प्रवाह गरेको सहकारीले आगामी आर्थिक वर्षसम्ममा ८ करोड कर्जा प्रवाह गर्ने योजना अगाडी सारेको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले सभाको साधारण सभाको उद्घाटन गर्दै सहकारीले आर्थिक कारोबार मात्र नगरी सामाजिक सचेतनाको आन्दोलन गरेको बताइन् । उनले सहकारीले आर्थिक परिचालन गरी विपन्नलाई जिविकोपार्जनमा सहयोग पु¥याएको दाबी गरिन् । ‘सहकारीले सेयर सदस्यबीच एक्यबद्धता र समझदारी गरी लोकतन्त्र प्रवद्र्धनमा सहयोग पु¥याएको छ,’उनले भनिन्, ‘सहकारीले आर्थिक सशक्तिकरण र पुंजी निर्माणमा सहयोग गरेको छ ।’ उनले संघीयतामा सहकारी सञ्चालन तथा व्यवस्थापनामा अझै पनि केही अस्पष्टता रहेको बताइन् ।
पोखरा महानगरपालिका सहकारी समितिका संयोजक तेजनाराण अधिकारीले बचत तथा ऋण सहकारी भएतापनि उत्पादनमा जोडिन पर्ने सुझाव दिए । उनले ७० प्रतिशत बचत तथा ऋण कारोबार गरेता पनि ३० प्रतिशत उत्पादनमा लगानी गर्न आग्रह गरे । उनले उपभोक्ता समितिको रुपमा विकास निर्माणमा जोडिएर बाटो, पार्क, पुल भवन निर्माणको काम गर्न सुझाव दिए । एक सहकारी एक उत्पादनको नीति ल्याएको जानकारी दिए । उनले महानगरमा दर्ता भएका सहकारीले उत्पादनमुलक कार्यक्रम गरेको खण्डमा अनुदान दिने बताए ।
सभामा अध्यक्ष पनेरुले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष इन्द्रप्रसाद भुवाईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका संयोजक सोभितबहादुर क्षेत्रीले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधार सहित पारित गरेको छ ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष दिपेन्द्रराज ढकाल, सचिव दिपेन्द्र शर्मा, शिक्षा समितिका संयोजक प्रकाश अधिकारी, सेयर सदस्य कृष्ण पौडेल, गोल्डन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष गुणाखर सापकोटा, सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाका सचिव केदारनाथ अधिकारी, हिमाालयन बोर्डिङ स्कुलका प्रिन्सिपल डा टेकनारायण पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा शेयर सदस्यहरुको तर्फ बाट सामाजिक ब्याक्तित्व कृष्ण प्रसाद पनेरु (सागर) ले सहकारीको काम र आगामी रणनितिका बारेमा सुझाव दिनुभएको थियो ।कार्यक्रममा बचत तर्फ उत्कृष्ट रामप्रसाद पौडेल र असल ऋणी मोदनाथ वाग्लेलाई सम्मान गरिएको सचिव शर्माले जानकारी दिए ।