पौष २३ गते २०७८

ओमीक्रोन पुष्टी भएपछि गण्डकी प्रदेशमा पनि कडाई गरिने, मेला,महोत्सव नगर्न निर्देशन

पोखरा,नेपालमा पनि कोरोना भाईरसको नयाँ भेरियन्ट पुष्टी भएपछि कास्की लगायत गण्डकी प्रदेशमा कडाई गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाइ कडाई गर्न तयारी गरिएको छ । सघको स्वास्थ्य मन्त्रालयले पनि ओमीक्रोन नियन्त्रणका लागि आबस्यक तयारी तुरुन्त गर्न भनेपछि ओमीक्रोन भाईरस बढ्न सक्ने आकलन सहित तयारी तिब्र पारीएको हो ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ सहितको बैठकमा ओमीक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरुमा जाँचलाई तिब्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आबस्यक अन्य तयारी गरि उपकरण, स्वास्थ्य सामाग्री,जनशक्ति ब्यबस्थापन अक्सीजन सिलिण्डर तथा अन्य तयारी यथाशिघ्र ब्यबस्थापन गर्न र्निदेशन दिनु भयो । उहाँले यस्तो अबस्थामा आयोजना गर्ने सबै खाले मेला महोत्सव बन्द गर्न संबन्धीत निकायमा कुराकानी गर्न पनि सचिवलाई र्निदेशन दिनुभएको छ ।
मानिसको स्वास्थ्य भन्दा ठुलो अरुकुरा नभएकाले आबस्यक परे स्मार्ट लकडाउन सम्म पनि जान पर्ने अबस्था आउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । यसअघि गरिएको हेलो डाक्टर,कोरोना अपडेट लगायतका कामहरु प्नि सुरु गरिने भएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी,लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अबस्थामा पुगेका छन । भारत संग सिमा जोडिएका नाकाहरुमा सरकारले १ १ हजार बेडको आईसोलेसन र्निमाण गरेको छ ।