पौष २४ गते २०७८

गुराँस लाइफ इन्स्योरेन्सको बृहत् अभिकर्ता उत्पेरणा तालिम

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले आज पोखरामा वृहत् अभिकर्ता उत्प्रेरणा तालिम तथा एम डी आर टी ( MDRT )लाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ, कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मार्केटिङ रणनिती एव उत्पेरणा मुलक प्रस्तुती गर्दै कम्पनीले आगामी दिनमा पनि यस्तै अन्य कार्यक्रम गर्ने जानकारी दिनुभयो, साथै कम्पनीले पौष महिनाको स्किम लाई पनि घनिभूत रुपमा लागेर सफल बनाउनुको साथै रारा टुर प्याकेज मा धेरै जना सहभागी हुन अभिकर्ता हरूलाई बिशेष अनुरोध गर्नुभयो। उक्त कार्यक्रममा कम्पनीका बरिष्ठ मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेना संचालन तथा सहजीकरण गर्नुभएको थियो, साथै कम्पनीका बरिष्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, लेखनाथ शाखा प्रमुख उमाकान्त बराल, सिनियर एजेन्सी मेनेजर MDRT कृष्ण बहादुर भट्टराई, एजेन्सी मेनेजर MDRT बाबुराम लामिछाने आ आफ्ना भनाई राख्दै जीवन बीमा पेशा नै अहिलेको उत्कृष्ट पेशा रहेको र यसमा नाम, दाम दुवै कमाउन सकिने बताउनुभयो, यस अवसरमा कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा बर्ष २०२१/२०२२ मा MDRT क्लबमा क्वालिफाइड हुनुभएको २३ जना सफल लिडर एवं मंसिरमा उत्कृष्ट ब्यबसाय गर्ने सफल लिडर ,र कार्यक्रम स्थलमा नै प्रस्ताव फारम भरेर रकम संकलन गर्ने २० जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।