पौष २५ गते २०७८

दाहाल सेवा समाज नेपालको १८ औं बार्षिक साधारणसभा सम्पन्न

पुष्प दाहाल, पोखरा

दाहाल सेवा समाज नेपालको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अन्नपुर्ण गाँउपालीका वडा नं १ स्थित दाहाल सेवा समाज को भवनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी दाहाल बन्धु अध्ययन प्रतिष्ठान का अध्यक्ष यज्ञप्रसाद दाहालले कुल मन्दिरमा दिप प्रज्वलन गरि कर्यक्रमको उद्घघाटन गरेका थिए । कार्यक्रमा प्राकृतिक प्रकोप र दिर्ग रोगबाट पिडित दाहाल वशं भित्रका परिवारका सदश्यहरुलाई केहि मात्रमा भए पनि राहात दिने उध्यश्ले नगद पाँच लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा अक्षयकोषको स्थापनामा सहयोग पुर्याउने ७० जना ब्यक्तीहरुलाई सम्मान समेत गरिएको छ । उक्त कार्यक्रममा किसोर दाहाल, डिल्लि दाहाल ढिकुर पोखरि समाजका अध्यक्ष बाबुराम भण्डारी लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा दाहाल युवासेवा सन्जालका अध्यक्ष पिताम्वर दाहालले समाजका कार्यक्रममा युवाहरूको उत्साहा जनक सहभागिता हुनुपर्नेमा जोड दिदै आगामि दिनमा युवाको थप सद्भाव झल्कने कुरामा बिश्वास ब्यक्त गरे । त्यसैगरी संस्थाका सल्लाहाकार डा. गिरीधारी दाहाल , पुष्पराज दाहाल, हिरामणी दाहाल, मनहरी दाहाल लगायतले पनि आफ्ना धारण राखेका थिए । दाहाल सेवा समाज नेपालका अध्यक्ष गणेस प्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव तुलसी दाहालले गरेका थिए ।