फागुन १ गते २०७८
कायममुकायम प्रधानन्यायाधीशमा दीपककुमार कार्की
संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठताका आधारमा न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधान न्यायादिशको पद स्वत निलम्वन हुदा कार्की स्वतः कामु प्रधानन्याधीश बनेका हुन् । सत्ता गठवन्धन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।