फागुन ५ गते २०७८

एमसीसी किचलो देउवा र प्रचण्डबीच सहमति नबन्दा गठबन्धनको बैठक धकेलियो

संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसी लगायत विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ दलका शीर्ष नेताको बैठक २ घण्टा पर धकेलिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । यसअघि दिउँसो ३ बजेका लागि उक्त बैठक बोलाइएको थियो । तर बिहीबार बिहान प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको वार्तामा एमसीसीबारे साझा धारणा बन्न नसकेपछि बैठक पर सारिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुनेछ ।

बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ । संसद्को बुधबारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन ।