चैत्र ७ गते २०७८
भारतिय सैनिक ६/८ जि आर गोर्खा राईफल्सको ७४औं स्थापना दिवस सम्पन्न
भारतिय सैनिक ६/८ जि आर गोर्खा राईफल्सको ७४औं स्थापना दिवस तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखारमा आयोजित एक बिषेश कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको हो । ६/८ जी आर तथा सम्पुर्ण नाघुन पुर्व सैनिक संघ पोखाराको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमका अध्यक्ष सुवेदार मेजर हनरी क्याप्टेन इन्द्र बहादुर गुरुङले पानसमा दिप प्रज्वलन गरी ७४ औं बर्ष गाँठको केक काटि कार्यक्रमको उद्धघाटन गरेका थिए। राष्ट्रिय धुन तथा आर्मी गित सङै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रमको अध्यक्षतामा सुबेदार मेजर हनरी कप्तान ईन्द्र बहादुर गुरुङ , प्रमुख अतिथि सुबेदार हनरी क्याप्टेन दल बहादुर गुरुङ साथै नया सदश्यहरुलाई सम्मान समेत गरिएको थियो । बिविध सांस्कृतीक कार्यक्रमका बिच भएको उक्त कार्यक्रममा मूख्य अतिथि सुबेदार मेजर हनरी क्याप्टेन दल बहादुर गुरुङ अध्यक्ष क्याप्टेन इन्द्र बहदुर गुरुङ्ग, उपाध्यक्षमा हनरी क्याप्टेन गिरि मान गुरुङ , सचिबमा हनरी क्याप्टेन कृष्ण घले, कोषध्यक्षमा हनरी क्याप्टेन लालकाजी गुरुङ रहनु भएको थियो । कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथी गुरुङले काम गर्दाको दुख यस्ता खालका कार्यक्रम बिर्साउने बताउदै यस्ता कार्यक्रमको ठुलो महत्व रहेको बताउनभएको थियो । विर नारी भुमिकला पुन, सरिता थापा नगद सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो । कार्यक्रमको बिषयमा अध्यक्ष सुबेदार मेजर हनरी क्याप्टेन ईन्द्र बहादुर गुरुङ्ले बर्षमा एक पटक हुने यो कार्यक्रममा सबै परिवार भेट हुन पाउनु खुसी को कुरा भएको वताउदै आगामी बर्षहरुमा यस्ता प्रकारका कार्यक्रमले निरन्तरता पाउने बताए । कार्यक्रमको संचालन हनरी क्याप्टेन कृष्ण घलेले गरेका थिए ।