जेठ २० गते २०७९

हाम्रो सहयोगी बचतको सेवा केन्द्र संचालनमा

पोखराको पृथ्वीचोकमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगर पालीका वडा नम्वर १४ बिपी मार्गमा सेवा केन्द्र संचालनमा ल्याएको छ । आफ्नो १३ औ स्थापना दिवसको अवसर पारी उक्त सेवा केन्द्र संचालनमा ल्यायको हो । पोखारा महानगरपलिका प्रमुख धनराज आचार्यले एक कार्यक्रमको बिच नया केन्द्रको उद्घाटन गरेका छन् । सहकारीको बार्षिक उत्सवको अवसरमा खुला रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण पनि सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ भने २१७ जनाले मधुमेहको परिक्षण गरेका छन् । कार्यक्रममा हालै सम्पन्न स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिहरु सहकारीका निवर्तमान अध्यक्ष शिव प्रसाद सापकोटा तथा पुर्व उपाध्यक्ष राधिका शाही योगीलाई सम्मान पनि गरियको थियो । कार्यक्रमा पोखरा महानगरपालीका वडा नम्वर १४ का वडा अध्यक्ष बोदबहादुर कार्की , बिभिन्न टोल बिकाश संथा का अध्यक्ष साथै आमा समुहका अध्यक्षहरुले सहकारीलाई शुभकामना दिएका थिए । सहकारीका अध्यक्ष शुक्रराज कडेलको सभापितत्वमा सम्पन्न कार्यक्रमा स्वागत मन्तब्य उपाध्यक्ष रुद्र बिश्वकर्माले गरेका थिए भने सचिव कृष्ण प्रसाद तिमिल्सनिाले कार्यक्रमको संचालन गरेका थिए । १३ वर्ष अगाडी स्थापना भएको सहकारीमा हाल ११ सय भन्दा बढी सेयर सदश्य रहेका छन् ।