असार ३१ गते २०७९

डहरे देउराली युवा क्लब द्धारा ३१ बुँदे ज्ञापन पत्र

Add title

शोभा पौडेल,

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं १ का युवाहरु द्धारा वडा कार्यालयमा ३१ बुँदे ज्ञापन पत्र पेश गरेका छन । डहरे देउराली युवा क्लबले वडा अध्यक्ष चोलाकान्त पाध्या लाई ज्ञापन पत्र बुझाएका हुन । उनिहरुले वडामा रहेका बिकास र्निमाणका कार्यक्रमहरुलाई वडाले प्राथमिकताका राखेर अगाडी बढ्नु पर्ने माग राखेका छन । युवाहरुको ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष पाध्याले आफुले सकेसम्म सबै माग संबोधन गर्ने प्रयास गर्ने बताउनु भयो ।

डहरे देउराली युवा क्लब द्धारा कार्कीनेटा वडा नं. १ मा बझ्एको ३१ बुँदे ज्ञापन पत्र ः

१. पुर्खा बाबु बाजे ले नुन बोक्ने बटौली नौडाडा कार्किनेटा को गोरेटो मा स्याङ्जा का स्थानीय तह समेत को समन्वय मा हाइकिङ रुट बनाएर संरक्षण गर्दै पर्यटन प्रबर्द्धन गर्ने ।

२. कार्किनेटा को छहरे सामुदायिक बन लगायत सबै सामुदायिक बन मा अनावश्यक झाडी हटाएर लप्सी, पाउलोनिया, टिमुर, कुरिलो, अमृसो लगायत का रुख बिरुवा लगाउने ।

३. सबै सामुदायिक बन मा नर्सरी स्थापना अनिवार्य गरेर विभिन्न सम्भाबित बीउ बिजन उत्पादन र अनुसन्धान गर्ने ।

४. खाधान्न बाली बादर बाट जोगाउन बन मै स्कुस फर्सी लगायत अन्य बाली लगाउने ।

५. कार्किनेटा भित्र पाइने सबै जङली जनाबर, चराचुरुङ्गी, बोट्बिरुवा र जडिबुटी को खोजी गर्दै तथ्यांक संकलन र प्रबर्द्धन गर्ने ।

६. हिलेखोला देखि कार्किनेटा सडक छेउ मा फलफूल बृक्षारोपण गरेर हराभरा बनाउने ।

७. कार्किनेटा भित्र का सबै साबिक ९ वटा वार्ड मा बालमैत्री पार्क आधुनिक सुबिधायुक्त ब्यायाम सहित को स्पोर्ट्स भिलेज बनाउने ।

८. स्थानीय कोदो को रग्सी लाई ब्रान्डिङ गर्ने र आयातीत रग्सी मा रोक लगाउने । साथै सबै रग्सी भट्टी लाई अनिवार्य दर्ता गराउने र कर को दायरा मा ल्याउने ।

९. सबै टोल मा एक एक वटा बालसिकाइ भवन बनाउने र कम्प्युटर र प्रोजेक्टर को ब्याबस्था गर्दै बालबालिका लाई प्रबिधी सग जोड्ने।

१०. सबै सामुदायिक बन मा गाडी ट्याक्टर छिराउन सम्बन्धित उपभोक्ता समिति को पास अनिवार्य गर्ने ।

११. हिलेखोला बाट भित्रिने र बाहिरिने सबै सामान को तथ्यांक राख्ने र भित्रिने सामान लाई प्रतिस्थापन गरेर बाहिरिने सामान बडाउने ।

१२. सम्पुर्ण खेत वारि को माटो परिक्षण गरेर कुन ठाउ मा के राम्रो उत्पादन हुन्छ भनेर कृषि परामर्श सेवा उपलब्ध गराउने ।

१३. सामुदायिक बन का उपभोक्ता को सामुहिक लगानी र सहकार्य मा जङ्गल स्टे नेचुरल स्विमिङ पुल एन्ड गाउले रिसोर्ट सन्चालन गरेर पोखरा लगायत का बाह्य पर्यटक आकर्षित गर्ने ।

१४. स्थानीय लोपोन्मुख सेखु, थुङ्से, डाला, नाङ्ला, भकारी, मदाली ठेका लगायत का सामाग्री बनाउने बिशेष सीप भएका अग्रज लाई सम्मान गर्दै युवा लाई सीप हस्तान्तरण तालिम गराउने ।

१५. एक्दम कम खर्च मा उत्पादन हुने साबुन फ्याक्ट्री, स्विटर, कुखुरा दाना, ह्याचरी, चल्ला उत्पादन मेसिन उपकरण साथै प्रबिधि भित्राएर सबै इच्छुक ब्यक्ति लाई रोजगारी ग्यारेन्टी गर्ने ।

१६. बसाइँसराइ ले खाली भएका सबै घर सस्तो मा भाडा मा लिएर आवश्यक सुबिधा सहित स्थानीय रैथाने घर का रूपमा बिकास गरेर पर्यटन प्रबर्द्धन गर्ने ।

१७. परम्परागत ढुङ्गा को गोलो घर बनाउने ब्यक्ति लाई विशेष बजेट पुरस्कार दिने र प्रशंसा गर्ने ।

१८. अब बन्ने नयाँ घर को डिजाइन सकेसम्म एकै नास को गर्ने ब्याबस्था गर्ने ।

१९. प्रतेक घर मा माहुरी खरायो परेवा अनिवार्य पाल्नुपर्ने ।

२०.सबै घर लाई कृषि बीउ बिजन दिने र उत्पादन भएको सबै तरकारी स्थानीय तह ले किन्दिने ।

२१. कार्किनेटा मा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने यस्को लागि दाता खोज्न सकिन्छ ।

२२. सबै खाली सार्वजनिक जग्गा मा बाघ ढुङा, साङ्लेपानी आदि पार्क मैदान ब्यायाम घरेलु उधोग ब्यामशाला योगशाला हाट्बजार सन्चालन गर्ने ।

२३. एउटा ध्यान योगा केन्द्र बनाउने ।

२४. अब बन्ने सौचालय लाई बायो चर्पी बनाउने ।

२५. पुरानो ढिकी जातो ओखल कोल हरु को खोजी र संरक्षण गर्दै एउटा म्युजियम बनाउने ।।

२६. कसैले जानी जानी सामाजिक अहित हुने भ्रष्टाचार जस्ता काम गरेको प्रमाणित भएमा चारपाटा मुडेर कालो मोसो दलेर गाउँ निकाला गर्ने ।

२७. सबै साबिक वार्ड मा टोल बिकास तथा सुधार समिती बनाउने ।

२८. स्थानीय तह को काम हेर्ने अधिकार दिएर एउटा पुर्ब प्रहरी कर्मचारी शिक्षक सहित को समिति बनाउने र निरीक्षण गर्ने ।

२९. बिद्यार्थी लाई खोजमुलक अनुसन्धान जस्तै पानी घट्ट, बिजुलि, कृषि तथा अन्य कुरामा लगाउने ।

३०. कार्किनेटा को सबै ग्राजुएट, नन ग्राजुएट, अन्डर ग्राजुएट, स्किल्फुल, सेमि स्किल, क्वालिफाइ मेन पावर को डाटा कलेक्सन र रेकर्ड गर्ने ।

३१. कार्किनेटा लाई समग्र मा एग्रो टुरिज्म एन्ड स्पोर्ट्स भिलेज बनाउने ।

आज वडा कार्यालय कार्कीनेटामा डहरे देउराली युवा क्लबको तर्फबाट ३१ बुँदे ज्ञापन पत्र बुझाएका छौँ । ज्ञापन पत्रमा लिखित सुझावहरू कुनै ठूला परियोजनाहरू छैनन् । केवल हामीले देखेका तर नउठेका सवालहरूलाई लिखितम् गर्ने प्रयास गरेका छौँ । यस क्रममा जनप्रतिनिधिहरूको सकरात्मक प्रतिक्रिया मिलेको छ जसबाट हामी थप आशावादी भएका छौँ । यी कार्यक्रमहरूप्रति आज वडाले गरेको प्रतिबद्धताप्रति सदैव क्रियाशील रहोस् , हाम्रो आग्रह, आशा र विश्वास छ । हामी निरन्तर घचघचाइरहने छौँ । क्लवका अध्यक्ष सुवास पौडेल ले बताएका छन् ।