श्रावण ८ गते २०७९

कराते खेलाडी सुमिना सम्मानित

प्रमोद अधिकारी / लमजुङ

लमजुङ बेसीशहरको न्यूइरा विद्यालयले विद्यार्थीलाई सम्मान गरेको छ । कक्षा ७ मा अध्ययनरत विद्यार्थी सूमिना तामाङलाई सम्मान गरेको हो । सुमिनाले १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लमजुङ जिल्ला बाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रर्दशन गर्दै काश्य पदक प्राप्त गरेकी थिईन । आइतबार विद्यालयले उनको सम्मानमा एक कार्यक्रम को आयोजना गरी आफ्नो विद्यालय, जिल्ला र प्रदेशको नाम राख्न सफल भएकोमा सम्मान–पत्र साथै नगद सहित सम्मान प्रदान गरेको हो । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल ओम कायस्थले सुमिनाले जस्तै अन्य विद्यार्थीहरुले पनि आफ्नो रुचि अनुसारको खेलकुदमा सहभागि भएर सफलता प्राप्त गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । कार्यक्रममा विद्यालयले सुमिनाको सम्मान गर्दै सुमिनाको आमा मिना तामाङलाई पनि सम्मान गरेको थियो । साथै कराँते प्रशिक्षक शिला तामाङ लाई पनि नगद सहित सम्मान गरीएको छ । उक्त कार्यक्रममा विद्यालयमा संचालित विविध प्रतियोगितामा प्रथम, दित्तीय, तृतीय र सान्वता स्थान हाँसिल गर्ने विद्यार्थीलाई मेडल र खादाले सम्मान गरिएको छ ।