श्रावण २४ गते २०७९

कोदी पर्यटन बहुउद्देश्यीय सहकारीको प्रथम अधिबेशन सम्पन्न,

पोखरा पुम्दिभुम्दी वडा न २२ मा २०७८ सालमा स्थापित कोदी पर्यटन बहुउद्देश्यीय सहकारी सस्थाको प्रथम साधरणन सभा सम्पन भएको छ । सहकारीका तदर्थ समिति अध्यक्ष दिनेस राज बराल को अध्यक्षतामा सप्पन्न भएको उक्त भेलाले नयाँ कार्य समिती गठन गरेको छ । कार्यक्रमको उद्धघाटन ९२ वार्षीय जेष्ठ नागरिक बेलवहादुर खत्रीले गरेका थिए । समितिका अध्यक्ष बरालको अध्यक्षतामा ९ सदस्यीय समिती चयन गरेको छ । उक्त सभाबाट अध्यक्ष पदमा बिष्णुहरि बराललाई सर्वसम्मत रुपमा चयन गरेका छ । उक्त समितीका उपाध्यक्ष– शान्ति बराल, सचिव– धनश्याम देवकोटा, कोषादक्ष – दिनेशराज बराल चयन भएका छन् । नाम जस्तै बहुउदेश्य राखेर काम गर्न, गाॐमा पर्यटनका सम्भावना लाई हेरेर काम गर्न, आफुले गाउँ र सहकारीको उन्नती लागि सक्दो काम गर्न, सगै सबैको सहयोग पाउने आशा राख्दै सबैलाई अध्यक्षको जिम्मेवारी दिनु भयकोमा अध्यक्ष बरालले आभार समेत व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन उक्त संस्थाका सचिव धनश्याम देवकोटाले गरेका थिए ।