श्रावण २८ गते २०७९

अन्नपुुर्ण बाल तथा महिला अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न

पोखरा महानगर पालीका १० अमरसिंङमा अवस्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालले कुुडहर आधाभुुत बिध्यालयका बिध्यार्थी शिक्षक तथा बिध्यार्थीका अभिवावकहरुको निःशूल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताउनुुभयो । ९० जना बिध्यार्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव परिक्षण ,दाँत परिक्षण साथै आँखा तथा कानको परिक्षण गरिएको थियो । अस्पतालले बिध्यार्थी शिक्षकलाई सबै खाले उपचारमा २५ प्रतिशत शहुृलियत दिने बारेमा पनि सहमती भएको छ । बिध्यालयको तर्फबाट बिध्यालयका प्रध्यानाधापक निलकण्ठ पाठकको उपस्थिती रहेको थियो । स्वास्थ्य परिक्षणमा बालरोग बिषेशज्ञ डा. किरण शर्मा , विधान घिमिरे साथै सुुगर प्रेशर तथा ठाईराईड रोग बिषेशज्ञ फिजिसियन डा. सुरज लामिछाने लगाएतको उपस्थिती रहेको थियो । रामघाट युुवा कल्वका सचिव अनिल गुुरुङको बिषेश संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।