जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेर्ने भएका छन् ।
झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा पातारासीको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो । प्रिमियर शोका लागि चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदीले आज जुम्ला पुगेर पत्रकार भेटघाट कार्यक्रम गरेका थिए ।
चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झण्डै रु दुई करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुवेदीले भने, “चलचित्र, भारत, अमेरिका, जापान, अस्ट्रेलियालगायत दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदैछ । गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको छ । हालसम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौँ ।”
साथै अस्ट्रेलियाबाट चलचित्र प्रदर्शनबाट उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ । पत्रकार भेटघाटमा नायक खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन थालेको बताए ।
उनले भने, “अक्सर चलचित्रको वल्र्ड प्रिमियर शो काठमाडौँका महँगा हलमा रेड कार्पेटका साथ गर्ने, सेलिब्रेटीका बीच गर्ने चलन छ । तर जुम्लाकै परिवेश समेटिएको फिल्म भएकाले प्रकाशको वल्र्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौँ ।”
जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयलाई चलचित्रले जोड दिएको लेखक सुवेदीले बताए ।
चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।
सन्तोष तिमिल्सिना कास्की आदर्श समाज अमेरिकाको 16औ साधरण सभा सम्पन्नकास्की समाज अमेरीका ले आफ्नो अधिवेशन सम्पन्न गरेको छ॥हिजो जुन १९ तारीक २०२२ का दिन अधीवेसन सम्पन्न भएको हो ।...
Read More
भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संर्घष समितिको गण्डकी प्रदेशको ईन्चार्जमा बिबेक भुजेल चयन भएका छन । एकिकृत समाजबादी पार्टीले देशभर सञ्चालन गर्न लागेको भ्रष्ट्रचार बिरुद्ध आवाज उठाउने गरि अभियान सञ्चालन गर्न...
Read More
सन्तोष तिमल्सिना दोहा दोहाको वक्रा स्थित लक्की स्टार रेस्टुरेन्टको सभाहलमा हिजो मिति १२अग्स्ट २०२२ शुक्रबार का दिन सप्पन्न बृहत भेलाबाट गैर आवासीय नेपाली संघ कतारको तदर्थ समिती निर्वाचित गरेको...
Read More
काठमाडौं ,नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा रहेका राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूनिकट नेताहरूको व्यवस्थापनमा जोड दिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग जारी भेटवार्तामा...
Read More