भाद्र १७ गते २०७९

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनहरु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले भाद्र १७ गते बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकीकृत निर्देशनहरुको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंक पोखरा पोखरा कार्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता, नेपाल बैंक पोखरा कार्यलयका निर्देशक तथा अन्य कर्मचारी लगायत गण्डकी प्रदेशका बैंक तथा वित्तिय संस्थानका प्रमुख कार्यकारी अधिकृत प्रदेश प्रमुखहरु लगायत अन्य प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा डा. गुणाकर भट्टले आ.व. २०७९÷८० को लागी जारी गरिएको मौद्रिक नीति र सो सम्बन्धमा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनको सम्बन्धमा आफ्नो प्रस्तुती राख्नु भएको थियो । एकीकृत निर्देशनले वित्तिय क्षेत्र स्थायित्वलाई जोड दिएको जानाकारी गराउनु भयो । साथै उक्त अवसरमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुले एकीकृत निर्देशनमा संशोधन गर्नुपर्ने थप स्पष्ट पानुपर्ने विषयहरुमा सुझाव दिनुभएको थियो ।