भाद्र २४ गते २०७९

गण्डक सहकारीको साधारणसभा सम्पन्न

गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाका सस्थापक अध्यक्ष धुब्र पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले वडा भित्र भएका सहकारीहरुबिचमा सहकार्य गरेर सामाजिक उत्तरदायित्वका काम गर्न लागिएको बताउनु भयो । उहाँले सहकारी संग सुरुवात देखि आफु सहकार्य गरीरहेको स्मरण गर्दे शाहीले साना पुजि जम्मा गरेर करोडौ रकम लगानी गर्ने बाताबरण बनाउने काम सहकारीका माध्यम बाट मात्र संभव भएको बताउनु भयो । कार्यक्रममा सस्थाका अध्यक्ष धुब्र पनेरुले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा अध्यक्ष पनेरुले स्थापनाको तेस्रो बार्षमा करिव नब्बे प्रतिशत सफलता हासिल गरेको उल्लेख गर्नुभयो । आगामी दिनमा सहकारीले बृद्धबृद्धा तथा बालबालिका केन्द्रीत बचत तथा लगानी कार्यक्रम अगाडी सारेको उहाले जानकारी दिनुभयो ।कार्यक्रममा सहभागिहरुले सहकारीको बारेमा धारण प्रस्तुत गरेका छन ।