भाद्र २४ गते २०७९

सक्षम बचत तथा ऋण सहकारी साधारण सभा सम्पन्न

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ आँै वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विश्वमित्र सुुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की वचत संघका अध्यक्ष भेषराज बरालले अन्यत्रका सहकारी भन्दा कास्की जिल्लामा रहेका सहकारीहरुको अवस्था राम्रो भएको धारणा व्यक्त गनुुभयो । त्यस्तै उहाँले शेयर पुुजीको १० प्रतिशत भन्दा बढी ऋण लगानी गर्न नपाईने जानकारी गराउनुुभयो । सो अवसरमा सहकारीले जेष्ठ सदस्य सम्मानबाट टिकाराम बास्तोला, रनसिङ गरबुजा पून, नन्द बहादुर गरबुजा पुन, असल कारोबारीमा सरस्वती पाठक घिमिरे, उत्कृष्ट बचत कारेबारीमा शान्ती लक्ष्मी पराजुली, उत्कृष्ट कर्मचारीमा व्यवस्थापक प्रमुख विमल सुवेदी तथा स्थानीय तहमा निर्वाचित सेयर सदस्य शिव सापकोटालाई सम्मान गरेको थियो । साथै नयाँ सेयर सदस्यलाई पनि अविर र खादा लगाई सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष विश्वमित्र सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गनूभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुदेवी पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै हाम्रो सहयोगी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुक्रराज कडेल, मादी गाँउपालिका वडा न ४ का वडा अध्यक्ष शिवप्रसाद सापकोटा र जिल्ला सहकारी संघका सन्चालक धनराज पुरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका लेखा समिति संयोजक सोमलाल तिवारीले सन्चालन गनुभएको थियो ।