भाद्र २८ गते २०७९

आज केपी ओली पोखरा आउँदै

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार दिउँसो पोखरा आउने भएका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख अतिथिका रुपमा ओली पोखरा आउने कार्यक्रम तय भएको संघका माहासचिव हुम गुरुङले जनाकारी दिए । ‘तमु जाति भाषा र संस्कृति हाम्रो पहिचान राष्ट्रको सम्पति’ नाराका साथ हुन लागेको सम्मेलनमा भाग लिन ओली पोखरा सभागृहमा साढे १२ बजे उद्घाटन गर्न आइपुग्ने उनले बताए । कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छन् ।

मेला मानवअधिकार चोकमा भोला भएर चिप्लेढुंगाहुँदै पोखरा सभागृह साढे १२ बजे पुग्ने कार्यक्रम छ ।