असाेज ३ गते २०७९

बालदिवसको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

बेसीशहर–८ स्थित न्यू इरा माध्यमिक विद्यालयमा अध्ययनरत वालवालिकहरुद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।
५८औं वाल दिवसको अवसरमा विद्यालय परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । मानवसेवा आश्रमको हलमा भएको कार्यक्रममा न्यू इरा विद्यालयका व्यवस्थापक किरण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । विद्यालयमा अध्ययनरत ५० जना वालवालिकाको सहभागिता रहेको कार्यक्रममा विद्यालयका व्यवस्थापक किरण श्रेष्ठ, शिक्षक शिक्षिकहरु, इन्सेक जिल्ला प्रतिनिधी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।


आश्रममा चामल, नुन, तेल, विस्कुट, जुुस, साबुन गरी नौ हजार पचास रुपैया बराबरको सामान हस्तान्तरण गरिएको थियो ।
वाल दिवसको अवसरमा नाचगान तथा सास्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु गर्ने भन्दा पनि सेवामूलक कार्य गर्न उचित ठानेर यस प्रकारको कार्य गरिएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । असक्त, असहाय तथा गरिव व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना वालवालिका उजागर होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षिका आशा श्रेष्ठले वालवालिकाहरुलाई यस प्रकारको कार्यक्रममा सहभागी गराउँदा उनिहरुमा सहयोगी र मिलनसार बन्नुपर्छ अनी गरिव, अशक्त तथा बृद्ध बृद्धालाई सहयोग गर्नुपर्छ भन्ने भावना मनमा आउने बताउनुभयो ।
आश्रमकी संयोजक अनिता अधिकारीले वाल दिवसको अवसरमा वालवालिकाहरुबाट खाद्यान्न लगायतका सामग्रीहरु प्राप्त गर्ने व्यवस्था मिलाईदिएकोमा विद्यालय परिवालाई धन्यवाद दिनुभएको थियो । अन्य विद्यालयहरुले पनि यस प्रकारको कार्यक्रम गरे आश्रम संचालनमा टेवा पुग्ने पनि बताउनुभयो ।