असाेज ६ गते २०७९

संबृद्धि सितापाईला योग केन्द्रको अध्यक्षमा शुशिला

पोखरा महानगरपालिका १७मा नयाँ योग साधना केन्द्र स्थापना भएको छ । संबृद्धिटोलमा स्थापना गरिएको संबृद्धि सितापाईला योग साधना केन्द्रको एक कार्यक्रममा बिच पातञ्जल योग समिति नेपालका गण्डकी प्रदेश उपाध्यक्ष रमा श्रेष्ठ भण्डारीले नयाँ र्निबाचित अध्यक्षलाई केन्द्र हस्तान्तरण गनुभएको हा । केन्द्रको अध्यक्षमा शुशिला पौडेल वाग्ले, उपाध्यक्षमा साबित्रा पहाडी, सचिवमा सुमित्रा दुरा, कोषाध्यक्षमा आशा पनेरु, सह सचिवमा कल्पना रेग्मी, सदस्यहरुमा भगवती अर्याल,सुमित्रा राना,भगवती पौडेल,दिल कुमारी शाही,कमला बराल,अनिसा तामाङ,शेखर बहादुर कुमाल,देबि अधिकारी सुबेदी, सपना श्रेष्ठ चयन हुनु भएको छ । केन्द्रको संरक्षकमा टोल बिकास सस्थाका सस्थापक अध्यक्ष माधब पनेरु र सल्लाहकारमा समाजसेवी टीकाराम वाग्ले चयन हुनु भएको छ ।
केन्द्र हस्तारण कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष रमा श्रेष्ठ भण्डारीले योगले मानिसलाई जोड्ने काम गर्ने बताउनु भयो । योग सिकेका मानिसहरुले आफ्नो आचरणमा पनि सुधार ल्याउन र अनुसासीत हुन आग्रह गर्नुभयो । कार्यक्रममा पातञ्जल योग समिति कास्कीका अध्यक्ष सिता पोडैलले नयाँ केन्द्र भएपनि उत्साहजनक सहभागिता रहेकोले आफुहरु उत्साहित रहेको बताउनु भयो । पोखरा महानगर समितीका अध्यक्ष लिला बहादुर गुरुङले योग केन्द्र सञ्चालनका लागि योगदान गर्नुहुने सबैलाई धन्याबाद दिनु भयो । कास्की जिल्ला सचिव टोल प्रसाद अर्यालले आफुहरुको सधै केन्द्रलाई साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा संबृद्धि टोल बिकास सस्थाका सस्थापक अध्यक्ष माधब पनेरुले आफुहरुले यस्तो अबसर प्राप्त गरेकोले योग समितीलाई धन्यबाद दिनु भयो । जिवनलाई सरल र सहज बनाउन योगको मुख्य भुमिका रहेको समाजसेवी नगेन्द्र शर्मा भण्डारीले उल्लेख गर्नुभयो । कार्यक्रममा ढुंगेसाघु योग केन्द्रका अध्यक्ष सिता काफ्लेले योग गरेपछि आफुमा आएको परितर्बनका बारेमा जानकारी गराउनु भयो । कार्यक्रमम योग केन्द्रका अध्यक्ष शुशिला पौडेल वाग्ले, महिला समुहका अध्यक्ष साबित्रा पहाडी, महिला समुह कोषाध्यक्ष कल्पना रेग्मी लगायतले शुभकामना दिनुभएको थियो ।