असाेज ७ गते २०७९

रत्तदानमा ८६ युनिट रगत संकलन

पातञ्जल योग समितीले आयोजना गरेको रत्तदान कार्यक्रममा ८६ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र पोखराको प्राबिधिक सहयाोगमा रक्तदान कार्यक्रम आयोजना गरीएको हो । पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लायन बिनोद ढुंगानाले योग गरेर मानिसलाई निरोगी बनाउने कार्यको अलावा गरिएको सामाजिक कार्यक्रम प्रति योग समितीलाई धन्यबाद दिनु भयो । कार्यक्रममा पहिलो रक्तदाता लक्ष्मण गुरुङलाई प्रमुख अतिथि लायन ३२५ आई. डि.एस.जि. डिस्ट्रीक को अडीनेटर बिनोद ढुंगानालाइै ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा पातञ्जल योग समितीका केन्द्रीय उपाध्यक्ष कमला गुरुङ्गले रक्तदान गरेर पुण्य कमाउन सहभागि हुनु भएका सम्पुर्णलाई धन्याबाद दिनुभयो । योगले जसरी मानिसलाई निरोगीता तर्फ लैजान्छ त्यसरीनै रक्तदान गरेर शरिरमा उत्पादन हुने रगतको बिकारलाई कम गर्न सकिने उहाँको भनाई थियो । पातञ्जल योग समितीको गण्डकी प्रदेश अध्यक्ष रश्मी भण्डारी अधिकारीले योग समिति स्थापना गरेर नेपालमा नेपाली मौलिकताका आधारमा सबैलाई जोड्ने अभियान सुरु भएकोले सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।समस्या परेपछि मात्र समाधानका लागि भौतारीन भन्दा योग गरेर आफ्नो शरिरलाई आफैले नियन्त्रणमा राख्न सकिने कार्यमा लाग्न उहाँको आग्रह थियो । बाताबरण बिद डा. कृष्ण के.सी. ले मानिस र प्रकृती पर्याबाची भएपनि आज प्रकृतिले दिएको नियम मानिसले पालना नगरेकै कारण रोगीहरुको संख्यामा बृद्धि भैरहेको उहाँको भनाई थियो । कार्यक्रममा पोखरा महानगरसमितिका अध्यक्ष लिला बहादुर गुरुङ्गले रक्तदानमा सहभागि सबैलाई धन्यबाद दिनु भयो । कार्यक्रको संयोजनक पोखरा महानगर समितिले गरेको थियो भने कार्यक्रम सञ्चालन जिल्ला समितिका कोषाध्यक्ष संगिता पराजुलीले गर्नुभएको थियो ।