असाेज ८ गते २०७९

विसाल नगर टोल विकास संस्थामा गिरी,आमा समुहमा देवकोटा

पोखरा महानगरपालिका १४ बिसाल नगरमा रहेको बिसाल नगर टोल बिकास संस्थाको नवौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले आगामी २ बर्षै कार्यकालको लागी भोविन्द्र गिरी (नरेश) को अध्यक्षतामा ११ सदस्यिए नया कार्य समिती चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बुद्धि सागर देवकोटा, सचिवमा नारायण चापागाँई,कोषाध्यक्षमा बिज्ञान राज गौतम तथा सह सचिवमा पुुष्प दाहाल निर्वाचित भएका छन् । त्यसै गरी सदश्यहरुमा खगेन्द्र अर्याल, हरी न्यौपाने, राजु क्षेत्री, यसोधा रेग्मी, शर्मिला कोईराला र गौमाया गरुङ निर्वाचित भएका छन् । कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्वर १४ का अध्यक्ष बोध बहादुर कार्कीले टोल बिकास संस्थाले गर्ने हरेक बिकासका गतिविधिमा वडाको पुर्ण सहयोग रहने बताउदै वडा लाई संबृद्ध तथा बिकसित बनाउन टोल बिकास संस्थाको महत्वपुर्ण जिम्मेवारी हुनेमा जोड दिए । वडा नम्वर १४ मा रहेका प्रत्यक टोल बिकास संस्थामा एक एक वटा बिशेष कार्यक्रम संचालन गर्ने प्रकृयामा रहेकोमा जोड दिए । बिसाल नगर टोल बिकास संस्थाका अध्यक्ष तिलक तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाँउपालिक वडा नम्वर ९ का अध्यक्ष मनोज गुरुङ पोखरा महानगरपालिका १४ वडा सदश्य कृष्णहरी काफ्ले लगायतको पनी उपस्थिती रहेको थियो । त्यसै गरी शनिवार नै सम्पन्न बिसाल नगर आमा समुहको छैटौ साधारण सभा तथा तेस्रो अधिवेसले आगामी दुई बर्षे कार्यकालको लागी शान्ता देबकोटाको अध्यक्षतामा १३ सदस्यिए कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिमा गिरि, सचिबमा यसोधा गौतम तथा कोषाध्यक्षमा यसोधा रेग्मी, त्यसैगरी सदश्यहरुमा राधिका ढुगाना, संगिता गैह्रे दाहाल, रिता शर्मा, शारादा तिवारी, शर्मिला कोईराला, बिष्णु शर्मा, संगिता श्रेष्ठ, बौमाया गुरुङ,र बिनम गुरुङ निर्वाचित भएका छन् ।