असाेज ९ गते २०७९

घिरिङ पोखरा सम्पर्क मञ्च १४ कदम मार्गको दोस्रो साधारण सभा समपन्न

घिरिङ पोखरा सम्पर्क मञ्च १४ कदम मार्गले दोस्रो साधारण सभा तथा दशै, तिहारको अवसरमा शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा र विशेष अतिथि गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धाटन गरेका छन् । अतिथिहरु घिरिङ गाउँपालिकाका सम्पुर्ण वडाका अध्यक्षहरु कदम मार्ग टोल विकास संस्थाका अध्यक्ष राजु भण्डारी, कदम बचत तथा ऋण सहकारीका अध्यक्ष याम बहादुर शाही , घिरिङ गाउँपालिकापालिका निर्वतमान अध्यक्ष रन बहादुर थापा समाजसेवी विष्णुभक्त सिग्देल, नवरत्न टोल विकासका अध्यक्ष जोगेन्द्र राना रहेका छन् । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जीवन क्षेष्ठले राखेका छन् । कार्यक्रमको सञ्चालन संस्थाका सचिव यमसरी थापाले राखेका छन् भने शुभकामना मन्तव्य घिरिङ बहुउदेश्यीय सहकारीका अध्यक्ष मान बहादुर रानाले राखेका छन् । उक्त कार्यक्रमको अवसरमा संस्थाका सदस्यका छोराछोरीलाई कक्षा १२ उतिर्ण भएका विधार्थीलाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि होम बहादुर थापाले पालिकामा १५ सैयाको हस्पिटल बनाउने, एक घर एक धारा कार्यक्रम छिटै सम्पन्न गर्ने, एउटा चिस्यान केन्द्र, अदुवा प्रशोधन केन्द्र निमार्ण, कालिगण्डकीमा ¥याफ्टिङ डुङ्गा चलाउन् र सालिग्राम कोरिडोर पिच गर्ने बताएका छन् । भने ग्रामीण सडक बिग्रेमा भत्केमा तत्कालै मर्मत गरि सञ्चालन गर्ने, गर्भवती महिला स्वास्थ्य चेक गराउँन आउँदा एक क्रेट अण्डा तथा साहाकारीलाई एक केजी हरलिक्स उपलब्ध गराउने कृषि क्षेत्रमा बाझो जग्गामा उत्पादन गर्ने कृषकलाई कृषि सामग्रीमा ५० प्रतिशत अनुदान प्रदान गर्ने पनि थापाले बताएका छन ।