असाेज १० गते २०७९

बेगनासतालमा योगसहितको शुभकामना आदानप्रदान

घटस्थापनाको अबसरमा पोखराको बेगनासतालमा योग तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जलेश्वर पातञ्जल योग समितीको आयोजनामा बेगनासतालको ड्याम साईडमा योग साधना गरिएको थियो । पातञ्जल योग समितीको केन्दीय उपाध्यक्ष कमला गुरुङ्गले उपस्थित सम्पुणलाई योग साधना गराउनु भएको थियो । कार्यक्रम उपाध्यक्ष गुरुङ्गले योग गरेर मात्र सफलता नपाईने भन्दै आफ्ना दैनिक जिवन ब्यबहारमा पनि परिबर्तन गर्न आबस्यक रहेको बताउनु भयो । आहारबिहारमा ध्यान दिनेको हो भने मात्र पनि ९० प्रतिशत भन्दा बढी रोग मानिसमा नआउने उहाँको दावि थियो । कार्यक्रममा पातञ्जल योग समितिका गण्डकी प्रदेश अध्यक्ष रश्मी भण्डारीले नवरात्रीको समयमा योग साधना र ध्यान अरु बेलामा भन्दा बढाउन आग्रह गर्नुभयो । यो बेला हिन्दु परम्परा अनुसार मासु तथा मासुजन्य पदार्थ, मादक पदार्थ बढी प्रयोग हुने गरेकोले मानिसहरुलाई योग र ध्यान तथा साधनामा जोड्न उहाँले सबै केन्द्रहरुलाई आग्रह गर्नुभयो । जलेश्वर पातञ्जल योग केन्द्रका सल्लाहकार राममणी अधिकारीले बेगनास तालको चिसो हावामा योग, साधनामा डुब्न आउनु भएका सबै योग गुरु तथा साधक,साधीकालाई धन्यबाद दिनु भयो । योग समितीका प्रदेश उपाध्यक्ष रमा श्रेष्ठले योग साधनामा जोडेने ब्यात्तित्वहरुको संख्या दैनिक रुपमा बढ्दै जान थालेको र कतिपय नयाँ योग केन्द्रले सक्रियता लोभलाग्दो भएको उल्लेख गर्नुभयो । योग समिति कास्कीका अध्यक्ष सिता पौडेलले ऋषिमुनिहरुको पबित्र स्थल नेपालले योग र साधनाका माध्यम बाट नै पर्यटन बिकास गर्न पनि सक्ने बताउनु भयो । एकातिर नागरीक निरोगी हुने र अर्कोतर्फ बुद्धको देश भनेर बिस्वमा साधक र साधिकाका माध्यमबाट अलग शन्देश दिन सकीने संभावना रहेको बताउनु भयो । बेगनासतालको किनारमा योग गर्न पाउदा उपस्थित योग गुरु तथा साधक साधीकाहरु खुशी भएका थिए । सो अबसरमा नेपालीहरुको महान पर्ब बिजया दशमी, शुभदिपावली, छट, नेपाल संबत लगायत सबै सप्रदाय बिषेशका पर्बहरुको अबसरमा शुभकामना आदान प्रदान गरिएको थियो । पातञ्जल योग समिती बेगनासका संयोजक शान्ती खनालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बक्ताहरुले चाडपर्ब र योगलाई संगै लैजान जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सल्लाहकार राममणी अधिकारीले गर्नुभएको थियो ।