असाेज १० गते २०७९

नवदुर्गा महोत्सव पोखरा स्थित विन्ध्यवासिनी मन्दिरमा सुरु

पर्यटकीय नगरी पोखरा स्थित विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ। महोत्सवको आज पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । जसअन्र्तगत विन्ध्यवासिनी देवीका नौ रुपको स्वरुप नवकन्याका नौ रथ तथा झाँकी सहितको शोयायात्राले आज पोखराका विभिन्न भागको परिक्रमा गराइएको छ ।त्यस्तै भागवत परिकर नारायणप्रसाद देवकोटाको मुखाराबिन्दुबाट नवमीसम्म दैनिक श्रीमददेवी भागवत ज्ञान महायज्ञ प्रवचनको व्यवस्था मिलाइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

विन्ध्यवासिनीमा १५ वर्षदेखि विजयादशमीको अवसरमा नवदुर्गा महोत्सव गरिदै आएकोमा यस वर्षको महोत्सव करिव १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । अढाई शताब्दी पुरानो अनुमान गरिएको यो मन्दिर कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा स्थापना भएको हो।