असाेज २३ गते २०७९

ओलीले झापा ५ बाट गराए उम्मेदवारी दर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् । ओली यस अगाडिको निर्वाचनमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा। खगेन्द्र अधिकारीले २८ हजार २५७ मत ल्याएका थिए । यस पटक पनि सत्ता गठबन्धनबाट अधिकारी उम्मेदवार बनेका छन् ।

एमालेबाट प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ‘क’ मा हिम्मत कार्की र निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा होमबहादुर थापा उम्मेदवार बनेका छन् ।