असाेज २३ गते २०७९

गोरखा २ बाट प्रचण्डले गरे उम्मेदवारी दर्ता

मंसिर ४ मा हुने प्रतिनिनि सभा चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी मंसिर ४ मा हुने प्रतिनिनि सभा चुनावका लागि उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश सभामा भने बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता भएको छ। प्रदेश क मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा क्षेत्र ९ख० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ यहाँ नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गरेका छन् । गोरखाको दुई प्रतिनिधि सभा क्षेत्रमध्ये माओवादी र कांग्रेसले एक एक क्षेत्र बाँडेर उम्मेदवारी दर्ता गरेका हुन्। क्षेत्र नम्बर १ मा भने कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभा क मा माओवादीका कृष्ण धिताल र ख मा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।