असाेज २७ गते २०७९
पोखरामा प्रथम वडास्तरीय फुटसल हुने
पोखरामा ‘सफल व्यवसायीका लागि स्वस्थ्य, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीको आयोजनामा ‘फाइभ ए साइड’ फुटसल हुन लागेको हो । खेलकुदको माध्यमबाट व्यवसायिक एकतालाई मजबुत बनाउने उद्देश्यले फुटसल आयोजना गरिएको महासंघका संयोजक तुलबहादर थापाले बताए । ‘कार्यक्रममा करिब ७ लाख खर्च हुने अनुमान छ,’ उनले भने, ‘बचत रकम सामाजिक कार्य तथा व्यवसायिक हितका साथै अनाथ तथा गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछौं ।’
कार्यक्रममा ५० देखि ६० टिमको सहभागिता रहने महासंघका अध्यक्ष हरि भुजेलले जानकारी दिए । नयाँ खेलाडीलाई अवसर दिई क्षेत्रीय तथा राष्ट्रिय स्तरको खेलाडी बनाउने उद्देश्य रहेको भुजलको भनाइ छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई १ लाख, ट्रफि, मेडल र प्रमाण–पत्र, द्वितीय हुने समूहलाई ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र साथै बेस्ट प्लेयर, बेष्ट गोलकिपरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।प्रतियोगिता कात्तिक १७, १८ र १९ गते पोखरा रंगशालामा हुनेछ ।