असाेज २७ गते २०७९

दीपक मनाङे गण्डकी प्रदेश सभामा निर्विरोध निर्वाचत

मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ निर्विरोध भएका हुन् ।

औपचारिक घोषणा भने हुन बाँकी छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता लिन बुधबार दिउँसो ३ बजेसम्मको समय छ ।